९ जेष्ठ २०७४, मंगलवार

काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ वटा स्थानीय तहमध्ये अब ८ ठाउँको मात्रै मतपरिणाम आउन बाँकी रहेको छ । बाँकी स्थानीय तहमा ४ महानगरपालिका, १ उपमहानगरपालिका, १ नगरपालिका र २ वटा गाउँपालीका रहेका छन् ।

अहिलेसम्म नेकपा एमाले १ सय १९ वटा स्थानीय तहमा विजयी भएको छ भने दोश्रो स्थानमा रहेको कांग्रेस १ सय ३ वटा स्थानीय तहमा विजयी भएको छ । माओवादी केन्द्र ४६ तहमा विजयी भएको छ ।

काठमाडौं महानगरपालिकामा मेयरमा एमालेका उम्मेदवारको अग्रता कायम रहेको छ भने उपमेयरमा कांग्रेस उम्मेदवारको अग्रता छ । यता ललितपुर महानगरपालिकामा भने मतगणना स्थगित भएको छ । नेकपा एमालेले मतगणनामा समस्या देखिएको भन्दै आयोगलाई ध्यानाकर्षण गराउँदै मतगणना स्थगित गराएको थियो ।

निर्वाचन आयोगले मङलबार साँझ विज्ञप्ति जारी गर्दै नगरप्रमुखमा २७०, उपप्रमुखमा २७०, वडा अध्यक्षमा २ हजार ४३२, वडा सदस्यमा ४ हजार ८ सय ५६ र महिला सदस्यमा २ हजार ४ सय २७ जना निर्वाचित भएको उल्लेख गरेको छ । त्यसैगरि दलित महिला सदस्यमा २ हजार ३०८ जना निर्वाचित भएको जनाएको छ ।

LIVE TV