९ जेष्ठ २०७४, मंगलवार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामलाई प्रभावित बनाउने गरी थपिएको स्थानीय तहको सङ्ख्या तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । उनले जेठ ३१ को निर्वाचनलाई भाँड्नको लागि सरकारले स्थानीय तहको सङख्या थपेको भन्दै यो निर्णय फिर्ता नलिए दोस्रो चरणको निर्वाचन हुन नसक्ने पनि प्रष्ट पारे ।

एमाले प्रचार बिभागले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले निर्वाचनको मुखमा आएर स्थानीय तहको संख्या थप्नु गलत भएको बताए । उनले तत्काल निर्णय सच्याउन सरकारलाई आग्रह पनि गरे ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले सत्तामा आउनको लागि केहि दिन पर्खन नसक्ने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवामाथि सत्ताभोगीको आरोप पनि लगाए । उनले सभापति देउवाको कुर्सी मोहमाथि व्यङग गर्दै थाल खाउँ की भात खाउँ को अवस्थामा पुगेको बताए ।
अध्यक्ष ओलीले सबै भाषा, धर्म जातजातीका बीच सामाजिक सद्भाब र राष्ट्रिय एकता कायम गरी अगाडी बढ्नुपर्ने पनि बताए ।

LIVE TV