
नेपाली चलचित्रको स्तरोन्तती संगै चलचित्रमा प्रवेश गर्ने युवाहरुको संख्या पनि बढ्दो छ । अन्र्तराष्ट्रिय बजार पहुँचको सहजताको कारण चलचित्रको भबिष्य पनि राम्रो देखिन थालेको छ । चलचित्र अध्ययन गरेर आफ्नो भबिष्य चलचित्रमा खोज्ने युवा पुस्ताको संख्या दिन प्रति दिन बढिरहेको छ ।
युवाहरुको चाहनालाइ मध्यनजर गर्दै राजधानिमा गुणस्तरीय फिल्म अध्ययनको लागि नयाँ फिल्म एकेडेमि सन्चालनमा आएको छ ।
एकेडेमिको आफ्नो भवन मैतिदेबिमा एक कार्यक्रम आयोजना गर्दै एकेडेमिको औपचारिक सार्वजनिकिकरण गरिएको छ । अन्र्तराष्ट्रिय स्तरको अध्ययन अध्यापन गराउने भन्दै स्थापना भएको कान्तिपुर फिल्म एकेडेमिलाइ बरिष्ठ निर्माता छबिराज ओझाले सन्चालनमा ल्याएकाहुन् । सो एकेडेमिमा ओझा सहितप्रकाश पुरी,बिमल सुवेदी,नरेश कुमार केसि दयाराम घिमिरे, पृथ्वीराज प्रसाइर सुरज चिलुवालको संलग्नता रहेको छ ।
परिवर्तित समयमा सक्षम र कुशल चलचित्रकर्मि को खाचो महसुस गरि फिल्म एकेडेमि सन्चालन गरेको ओझा बताउछन् । उनि भन्छन् एक बर्ष कान्तिपुर माअध्ययन गरेका बिद्यार्थिले सिधै फिल्मको अन्र्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्नेछन् ।
सोहि अवसरमा एकेडेमिले रसियाको एक एक्टिङ्ग इन्टिच्यूट संग केहि सम्झौता पनि गरेको छ । जस अनुसार पहिलो चरणमा कान्तिपुर फिल्म एकडेमि बाट अभिनय बिधा बाट २ जना बिधार्थि संजोग रसाइली, अनिल कँडेल र निर्देशन बिधाबाट १ जनाबिधार्थि परिच्छेद सेन लाइ स्कलरसिपमा अध्ययनको मौका दिइएको छ ।
हाल फिल्म मेकिङ तथा अभिनयमा एडमिसन खुल्ला गरेको कान्तिपुर फिल्म एकेडेमिका सिइओ प्रकाश पुरीले जानकारी दिए ।