९ जेष्ठ २०७४, मंगलवार
  • उत्तर बिष्ट,

डडेलधुरा । आगामी जेठ ३१ गतेका लागि निर्धारण गरिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि डडेल्धुरामा निर्वाचन कार्यलय र दलहरुले तयारी तिब्र बनाएको छ । निर्वाचन आयोगले तोकेको समयमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले मतदाता शिक्षालाई विशेष प्राथमिकतामा राखेको छ ।

पहिलो चरणको स्थानिय तहको निर्वाचनमा बदर मतको संख्या निकै बढी देखिए संगै दोस्रो चरणको निर्वाचनमा बदर मत संख्या घटाउने जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । जिल्लामा रहेका सरोकारवालाहरुकाबीच स्थानिय तहको संरचना, निर्वाचन प्रक्रिया तथा मतदानका बारेमा जानकारी दिईएको हो ।

जिल्ला स्थित राजनैतिक दल, संचारकर्मी, कार्यालय प्रमुख तथा अन्य सरोकारवालाहरु बिच स्थानिय तहको निर्वाचनका बारेमा जानकारी दिईएको छ । जिल्लामा निर्वाचनको तयारीका लागि आवश्यक क्रियाकलापहरु संञ्चालन भईरहेका डडेल्धुरा जिल्लाका मुख्य निर्वाचन अधिकृत देव कुमार गिरीले बताए ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धेरै मत बदर भएकाले दोस्रो चरणमा मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रलाई प्रभावकारी रुपमा लागु गर्ने कार्यलयको भनाई छ ।

दुई नगरपालिका र पाँच गाउँपालिका भएको डडेल्धुरा जिल्लामा ७५ हजार ७ सय ८० जना मतदाता रहेका छन् । डडेल्धुरामा ७७ मतदान स्थल र १ सय १० वटा मतदान केन्द्र रहने आयोगले जनाएको छ ।

 

LIVE TV