९ जेष्ठ २०७४, मंगलवार

काठमाडौं । दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’को २०औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

सो अवसरमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले रेडियोले उत्पादन गर्ने समाचार तथा अन्य सामग्रीको समयसापेक्ष परिमार्जित र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए ।

सूचना प्रवाहको क्षेत्रमा रेडियोको भूमिका सशक्त रहेको उल्लेख गर्दै उनले सामुदायिक रेडियो प्रसारण सेवालाई भरपर्दो र विश्वसनीय बनाउनका लागि यसको समुचित व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि नयाँ रेडियो नीति ल्याउनुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार कनकमणि दीक्षित, रेडियोकर्मी मन्टेश्वरी राजभण्डारीलगायतले मुलुकको नयाँ संरचनाअनुसार रेडियो प्रसारण नीति ल्याउनुपर्नेमा जोड दिँदै रेडियोमा क्रियाशील जनशक्तिलाई व्यावसायिकरुपमा अगाडि बढाउनुपर्ने सुझाव दिए ।

LIVE TV