९ जेष्ठ २०७४, मंगलवार

काठमाडौं । सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न चिनियाँ कम्पनीलाई अनुमति दिने सम्झौता गर्न बाटो खुला गरेको छ । सरकारले जलविद्युत आयोजानलाई यथाशीघ्र सम्झौता गरेर जलविद्युतको कामलाई अगाडि बढाउन मन्त्रालयलाई अनुमति दिएको हो ।

मङ्गलबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले मुलुकलाई लोडसेडिङ अन्त्य गर्न थप सहयोग पुग्ने भन्दै बुढिगण्डकी जलविद्युत आयोजनाको काम छिटो भन्दा छिटो सम्पन्न गर्ने जनाएको हो ।

त्यसैगरि सरकारले बाणिज्य मन्त्रालय अन्तर्गत मिडिया तथा प्रवद्धन केन्द्रको कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीेले जानकारी दिए ।
त्यसैगरि बैठकले राष्ट्रिय समाचार समितिको महाप्रवन्धकमा ओपेन्द्र शर्मालाई नियुक्त गरेको समेत मन्त्री कार्कीले जानकारी दिए ।

LIVE TV