
काठमाडौं । नव गायक तुल साम्सुहाङ राईको ‘माया सारंगहोँ’ बोलको नयाँ गीतमा ‘भिमफदी गाइज’ले अभिनय गरेका छन् । गायक राईको आउन लागेको नयाँ गीति एल्बम ‘सुरुवात’मा समाबेश गरिएको सो गीतको भिडियोको छायाङकन सम्पन्न भईसकेको छ भने अहिले सम्पादनको टेबलमा रहेको छ ।
गायक राईको ‘माया सारंगहोँ’ बोलको गीतको गत शनिवार किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको आँगनमा छायांकन सम्पन्न गरिएको थियो । गायक राईको सो गीतलाई विक्रम स्वारको निर्देशनमा ‘भिमफेदी गाइज’को उत्कृष्ट अभिनय हरेको छ ।
साथै, सो गीतको भिडियोमा ‘भिमफेदी गाइज’लाई मोडेल रीना राईले साथ दिएकी छन् । गीतको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् । नव गायक राईको सुमधुरमा आवाजमा सजिएको सो गीतलाई बाबु बोगटीले संगीतबद्ध गरेका छन् भने सौरव तिम्सिनाको शब्द रहेको छ ।