
मकवानपुर । ‘चलचित्र पत्रकार संघ, मकवानपुर शाखा’ले कार्यक्रमको आयोजना गर्दै रंग पत्रकार शान्तिप्रियलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’बाट सम्मानित गरेको छ । ‘चलचित्र पत्रकारिता दिवस’को अवसर पारेर उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र सहित सम्मान गरेको हो ।
त्यस्तै, कपिल खड्कालाई ‘चलचित्र पत्रकारिता पुरस्कार २०७४’ बाट पुरस्कृत गरिएको थियो भने, कलाकार भोलाराज सापकोटालाई ‘चलचित्र कलाकारिता सम्मान’बाट सम्मान गरिएको छ ।
कलाकार भोलाराज सापकोटा र कपिल खण्ड्का दुवैलाई नगद पाँच हजार र ताम्रपत्र सहित सम्मानित गरिएको थियो ।