९ जेष्ठ २०७४, मंगलवार

यादव देवकोटा

काठमाडौँ । वैशाख ३१ मा भएको स्थानीय तहको पहिलो चरणको निर्वाचन सकिएको आज ९ दिन भएको छ । काठमाडौँ महानगरपालिकाको मतगणना पचास प्रतिशत मात्र सम्पन्न भएको छ भने अन्य मतगणना केद्रको गणना भईसकेको छ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनको अन्तिम परिणम पनि नआउँदै निर्वाचनमा प्रयोग गरिएका मतपेटिकाहरुमा फोहोर मौला, थुपार्न थालिएको छ । यहाँ भएका कामनपा -१६, सिद्धार्थ वनस्थली ‘क’ लगायत कामनपा -४ को मतपेटिकामा विभिन्न प्रकारका फोहोर हालिएका छन् ।

राट्रिय सभागृहमा रहेको मतपेटिकाहरुको व्यावस्थापन गर्न नसक्दा मतपेटिकाहरु यत्रतत्र छरिएर रहेका छन् । पत्रकारहरुले मतपेटिकामा फोहोर राखिएको फोटो खिच्न थालेपछि निर्वाचनमा खटिएका कर्मचारीहरुले त्यसलाई हटाउन थालेका थिए ।

निर्वाचन आयोगले मतपेटिकाको सहि व्यावस्थापन गर्न नसक्दा मतपेटिकाको दुरुपयोग भएको छ ।

LIVE TV