९ जेष्ठ २०७४, मंगलवार

काठमाडौ । अहिले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारबाट राजीनामा दिने विषमया विभिन्न कुराहरु बाहिर छाइरहेको छ । यतिसम्मकी कसैले जेठ ४ गते प्रधानमन्त्री दाहालेले राजिनामा दिने त कसैले ५–६ गते त्यस्तै कसैले ८ गते राजीनामा दिने अड्कलको समाचारहरु थियो ।

यसै विषयमा माओवादी केन्द्रले कुनै पनि आधिकारिक निर्णय गरेका थिएन, तसर्थ सोमवार बसेको पार्टी हेडक्वाटरको बैठकले राजिनामा दिने दिन जुराएै छाडेको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले जानकारी गराए अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री पदबाट जेठ १० गते राजिनामा दिने पार्टीले निर्णय नै गरेको छ ।

त्यस्तै, नेता थापाका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि काम चलाउ सरकारले नै बजेट ल्याउने पनि बैठकमा कुराकानी भएकोे छ ।

काँग्रेससँग भएको सहमतिअनुसार आफ्नो पार्टीले सरकारले नेतृत्व छाड्ने तर कहिले छाड्ने विषयमा यसअघि विभिन्न अड्कालवाजी भइरहेको नेता थापाले बताए ।

तर अहिले भने पार्टीले ठ्याकै समय नै तोकिसकेको छ की जेठ १० गते नै प्रधानमन्त्री दाहालले राजीनामा दिनेभएका छन् । अध्यक्ष दाहालले राजिनामा दिनु अगाडी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने पनि नेता थापाले जानकारी गराए ।

LIVE TV