
काठमाडौं । प्रेम सुब्बाद्वारा निर्देशित फिल्म ‘तारेभीर’को रिलिज डेट सँगै अफिसियल ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा आउँदो असार २ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको सो फिल्मको अफिसियल ट्रेलर सँगै तिन वटा गीत देखाईयो । सार्वजनिक फिल्मको ट्रेलरमा एक्शनलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै, देखाईएको फिल्मको गीतहरुमा देशभक्ति झल्किएको महसुस गर्न सकिन्छ ।
फिल्मलाई नेक्स्ट जेनेरेशन ईन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा डि.के. देवानले निर्माण गरेका हुन् । फिल्मको अफिसियल ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित निर्माता देवानले भने ‘फिल्ममा निर्माता सँगै सानो रोलमा दर्शकमाझ उपस्थित भएको छु । दर्शकहरुले फुल मनोरञ्जन लिनेछन् ।’ साथै, निर्माता देवानले फिल्मको बारेमा जानकारी गराउँदै ‘तारेभीर’को सम्पुर्ण टिमलाई धन्यावाद दिए ।
फिल्मको छायाङ्कन भने काठमाडौं, दोलखा, सिन्धुली लगाएतका रमणीय ठाउँहरुमा गरिएको छ । निर्देशक प्रेम सुब्बाका अनुसार दैनिक पत्र पत्रिकाहरुमा आउने घटनाहरुलाइ ‘तारेभीर’ले पर्दामा प्रस्तुत गर्नेछ । त्यस्तै, प्रहरी प्रसाशन लगाएतको वास्तबिक कुरालाई फिल्ममा प्रस्तुत गरिएको बताउँदै निर्देशक सुब्बाले भने ‘‘तारेभीर’ फिमेल ओरिन्टेड सँगै देशभक्ती फिल्म हो ।’
फिल्ममा बिष्णु चेमजोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह,प्रेम सुब्बा, डि.के. देवान, दिपेश श्रेष्ठ, अजय कुमार माझी, मञ्जु श्रेष्ठ, रञ्जित राणा, निर्मल थापा लगाएतको मुख्य भुमिका रहेको छ । फिल्मको लीड अभिनेत्री बिष्णु चेमजोङ भने नेपाल बाहिर भएकी हुनाले कार्यक्रममा उपस्थित हुन सकिनन् । अन्य कलाकारहरु रेखा फागो, नविन कार्की, मञ्जु श्रेष्ठ भने उपस्थित थिए ।
कार्यक्रममा उपस्थित नव नायिका रेखा फागोले डेब्यु मुभि भएपनि आफ्नो क्यारेक्टरलाई उत्कृष्टता दिने प्रयास गरेकी बताईन् । साथै, उनले ‘तारेभीर’ टिम सँग काम गर्न पाउँदा लक्की फिल गरेकी बताउँदै फिल्ममा लीड अभिनेत्रीको बहिनीको रोलमा अभिनय गरेकी बताईन् ।
त्यस्तै, अर्को लीड कलाकार नविन कार्कीले फिल्मको बारेमा बोल्दै भने, ‘‘तारेभीर’मा नयाँहरुको बाहुल्यता भएपनि राम्रो काम गर्ने कोसिस गरेका छौं ।’ त्यस्तै, फिल्ममा आफुले कथा अनुसारको प्रस्तुती दिएको बताउँदै उनले दर्शकहरुलाई ‘तारेभीर’लाई साथ दिन आग्रह पनि गरेका छन् ।
‘तारेभीर’को सो कार्यक्रमको प्रमुख अतिथीको रुपमा बरिष्ठ कलाकार हरिबंश आचार्य उपस्थित थिए । उनले ‘तारेभीर’ टिमलाई सफलताको शुभकामना दिएका थिए ।
फिल्मको कथा पनि निर्देशक सुब्बाले नै लेखेका हुन्, भने फिल्ममा गोबिन्द राई र दिनेश मान्गमुको नृत्य निर्देशन रहेको छ । त्यस्तै, जनक गुरुको द्वन्द निर्देशन रहेको छ । फिल्मको गीत संगीतलाई प्रकाश गुरुङ, सनुप पौडेल लगाएतले संगीतबद्ध गरेका हुन् ।