८ जेष्ठ २०७४, सोमबार

काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का उद्धव खरेल विजयी भएका छन् । खरेलले १३ हजार २४८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु श्रेष्ठले आठ हजार ९२७ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेकै रमा राई विजयी भएका छन् । उनले १३ हजार १८८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ मत प्राप्त गरेका छन् ।

LIVE TV