
काठमाडौं । करिव २ दशकपछि भएको स्थानीय तहको निर्वाचनको परिणाम धमाधम आउने क्रम जारी छ । यसैक्रममा काठमाडौंलगायत ठूला तीन महानगरपालिकाको निर्वाचनको परिणामको प्रतीक्षामा व्यग्र छन् नेपाली जनता । स्थानीय तहको निर्वाचनसंगै मुलुकको अर्थतन्त्रमा सुधारको संकेत देखिने आशामा छन् नेपाली जनता । तर, सडकको पेटीमा व्यापार चलाएर दैनिक गुजारा चलाउने व्यापारीलाई भने निर्वाचनले थप सकसमा पारेका छ ।
यो दृश्य, काठमाण्डौको राष्ट्रिय सभा गृह हो । जहाँ काठमाण्डौवासी २० बर्ष पछि आफूले चुनेका व्यक्तिको पखाईमा रहेका छन् । स्थानीय तहको निर्वाचनले लगानी र आर्थिक विकासको सम्भावना ढोका खुल्ने विश्वास बढेको छ । तर, भृकुटीमण्डपमा चटपटे बेचेर आफ्नो दैनिक गुजारा चलाउने व्यापारीहरुको भने आफ्नै गुनासो रहेको छ ।
राष्ट्रिय सभा गृह निर्वाचनको परिणाम आउँदै गर्दा भृकुटीमण्डप क्षेत्रको व्यापार व्यसायीमा भने मन्दी आएको छ । काठमाडौं महानगरपालिकाको सबै स्थानीय तहको निर्वाचनको विगत एक सातादेखि मतगणना भइरहदा व्यापार बढ्नुको साटो घट्दै गएको व्यापारीहरुको भनाई छ ।
प्रहरीले सडक रोकिदिदा र भृकृटीमण्डप परिसरमा हुने र लाग्ने मेला तथा अन्य कार्यक्रम नहुँदा व्यापार खस्किएको राष्ट्रिय सभागृह क्षेत्रमा पसल थापेर गुजारा चलाउँदै आएको व्यापारीहरुको गुनासो छ । मतगणना कार्यले प्रभावित पारेको उनीहरुको व्यापार भोलिका दिनहरुमा भने चम्कने भन्ने निश्चित छ ।