८ जेष्ठ २०७४, सोमबार

पर्वत । अलैंचीको मूल्यमा गिरावट आएपछि पर्वतको भोक्सिङका किसानहरुले उत्पादन गरेको अलैंची बिक्री हुन सकेको छैन । गतवर्ष सिजनमा २ हजार ८ सय रुपैया“ किलोमा बिक्री भएको अलैची यस वर्ष १ हजार ४ सयदेखि एक हजार ५ सयमा पनि बिक्री नभएपछि सहकारीमार्फत उत्पादन गरिएको अलैंची यसै थन्किएको छ । कात्तिक÷मंसिरमा बिक्री हुनुपर्ने अलैंची बैशाखसम्म पनि बिक्री नभएपछि किसानहरुले अब आउ“दो सिजनमा बिक्री गर्ने मनस्थिति बताएका छन् ।

अलैची व्यवसायले मूल्य नपाएको भन्दै पोखराका व्यापारीले अर्डर गररे पनि नलगेको कृषकहरु बताउँछन् । अघिल्लो वर्ष व्यापारीहरुले फोनमार्फत सम्पर्क गरेर गाउ“मै आउने बताएपनि यस बर्ष पोखरा पु¥याउदा समेत बजार नपाएको उनीहरुको गुनासो छ ।
पा“चसय रोपनीमा रोपेको अलैंची सहकारी यो वर्ष एक लाख बिरुवा थप्ने तयारीमा छ । भोक्सिङका पूर्व लाहुरेहरुले दुई करोडको लगानीमा स्थानीय लोसेपाखामा अलैंचीको व्यवसायिक खेती गरेका छन् । रामशाही र गोलशाही अलैंचीबाट राम्रो आम्दानी लिन सकिने भएपछि उनीहरुले आगामी वर्ष दुई हजार रोपनी जग्गामा अलैंची खेती विस्तार गर्ने लक्ष्य लिएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले पनि भोक्सिङलाई अलैंचीको ब्लकका रुपमा विकास गर्ने लक्ष्य राखेको छ । आगामी वर्षसम्म एक सय हेक्टरमा बिस्तार गर्नेगरि अलैची किसानलाई सघाउने कार्यालयको तयारी छ ।

पर्वतमा पछिल्लो समय अलैंची खेतीमा किसानको रुची देखिएपनि मूल्य तथा विउ विजनको समस्याका कारण किसानहरुले समस्या झेल्दै आएका छन् ।

LIVE TV