
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् । उनले सुरक्षा परिषदको सिफारिसमा सरकारले जेठ ३१ को निर्वाचनमा सेना परिचालनको निर्णयलाई स्वीकृति प्रदान गरेका हुन् ।
सोमबार राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा २ बमोजिम चुनावका लागि सेना परिचालन गर्न स्वीकृति दिएका राष्ट्रपति कार्यालयले जनाएको छ । बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा पनि सेना परिचालन गरिएको थियो ।
‘व्याकअप फोर्स’का रुपमा परिचालिन हुने नेपाली सेना चुनावी सुरक्षाको तेस्रो घेरामा मात्र बस्ने गृहमन्त्रालयले यसअघि निर्णय गरिसकेको छ ।