८ जेष्ठ २०७४, सोमबार

काठमाडौं । संघीय गठबन्धनका अध्यक्ष महन्त ठाकुरले जनसंङख्याको आधारमा स्थानीय तहको पुर्नसंरचना नभए संघीय गठबन्धनले त्यसलाई अस्वीकार गर्ने बताएक छन् ।

सोमबार राष्ट्रिय जनता पार्टीको कार्यालय विजुलीबजारमा बसेको संघीय गठबन्धनको बैठक पछि अध्यक्ष ठाकुरले सरकारले गठन गरेको आयोगको प्रतिवेदनबारे आफुहरुलाई केहि जानकारी नगराईको भन्दै जानकारी पश्चात मात्र निर्णय लिने बताए । उनले प्रधानमन्त्रीले सहमतिको लागि १ दिनको समय माग्नुभएको र त्यसपछि मात्र गठबन्धनले थप निर्णय लिने बताए ।

संघीय गठनबन्धनले संविधानमा परिमार्जनसहितको संशोधन र स्थानीय तहको पुर्नसंरचना नगरिए दोश्रो चरणको निर्वाचनमा भाग नलिने अडान राख्दै आएको छ ।

LIVE TV