८ जेष्ठ २०७४, सोमबार
  • रामगोपाल,

भक्तपुर । नेकपा एमालेका अध्यक्ष एंवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लुटेरा सरकार भएको आरोप लगाएका छन् । उनले भरतपुर र पोखरामा सरकाले अर्बको रकम बाढेको जिकिर पनि गरेका छन् ।

सोमबार सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले प्रमुख, उपप्रमुख लगायत ७ वटा वडामा जीत हासिल गरेपछि कुटुञ्जेमा अआयोजित विजयी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर, कास्कीको पोखरा लेखनाथ लगायतका नगरपालिकामा सरकारले अर्बको रकम बाँडेको आरोप समेत लगाए ।
वर्तमान सरकारले अख्तियारको दुरुपयोगका साथै गैर बजेट बाँडेर भ्रष्टाचार गरेको समेत आरोप लगाए । स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानमा एमालेले जित्ने निश्चित भएपछि नेपाली काँग्रेस र माओवादी केन्द्रले मतगणनामा पनि विवाद गरिरहेको ओलीको जिकिर छ ।
वर्तमान सरकारले संविधान विपरित स्थानीय तहको संख्या बढाउँन लागेको बताउँदै अहिलेको गाउँपालिका र नगरपालिकामा हेरफेर गर्न नहुने जिकिर गरे ।
अध्यक्ष ओलीले सरकार स्थानीय तहको अधिकार र स्थानीय तहमा आउने बजेट कटौती गर्ने खेलमा लागेको भन्दै अहिलेको सरकारले मात्रै नभई कसैले पनि स्थानीय तहलाई कमजोर पार्ने काम गरे एमालेलाई सह्य नहुने बताए ।

LIVE TV