८ जेष्ठ २०७४, सोमबार

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षको वजेट पूर्ण वजेट आउने जानकारी दिनुभएको छ । जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई वजेटले प्रभाव पार्ने आशंकाहरु उत्पन्न भइरहेको समयमा उहाँले पूर्ण स्वरुपको बजेट आएपनि नयाँ कार्यक्रम भने समावेश नगरिने बताएका छन् ।

सोमबार अर्थमन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री महराले आगामी वजेट आंशिक नभई पूर्ण वजेटनै आउने बताए । उनले पूर्ण वजेट आउने तर यस वर्षका नयाँ कार्यक्रमहरु अहिले सम्वोधन नगरिने पनि प्रष्ट पारे ।

मन्त्री महराले देशमा राजनीतिक सन्तुलन राख्नु मुख्य काम भएकाले सोही अनुरुप सबैलाई समेट्नेगरी बजेट ल्याइने जानकारी समेत दिए । उनले बजेट कस्तो र कसरी ल्याउने भन्दा पनि मुख्य उद्देश्य देशमा राजनीतिक सन्तुलन कायम राख्नु र देशलाई समुन्नत बनाउन कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा मन्त्री महराले बजेटसम्बन्धि सबै जानकारी दिने मोवाइल एप सार्वजनिक गर्नुभएको छ । एपमा बजेट कसरी बनिरहेको छ, विगतका बजेटहरु कस्ता थिए भन्ने जस्ता सुचना र जानकारीहरु पाइचार्ट, विभिन्न शीर्षकको आयब्ययको विवरण तथा बजेट भाषणको लाइभ भिडियो हेर्न सकिने अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुख मधु मरासिनीले जानकारी दिए ।
दिए बजेट सम्बन्धि जानकारी दिने मोबाईल एप हालको लागि इन्ड्रोइड अपरेटिङ्ग सिस्टम भएको मोबाइलमा उपलब्ध भएको जानकारी दिए । आइफोन प्रयोगकर्ताले भने अबको १५ दिनपछि मात्रै सो एप प्रयोग गर्न सक्नेछन् ।

 

LIVE TV