८ जेष्ठ २०७४, सोमबार

काठमाडौं । स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत हालसम्म ९० प्रतिशत बढी स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमाले अग्र स्थानमा छ ।

अग्रस्थानमा रहेको नेकपा एमालेलाई दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी केन्द्रले पछ्याइरहेको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेलेले सबैभन्दा धेरै स्थानमा प्रमुख पदमा विजय हात पारेको छ ।

एमालेले १ सय १७ स्थानीय तहको प्रमुख पद हात पार्दा उपमेयर उपप्रमुखमा पनि सबभन्दा बढी १ सय २५ स्थानमा विजय हासिल गरेको छ । यता, नेपाली काँग्रेस विजयी प्रमुखको आधारमा दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । काँग्रेसले १०३ स्थानीय तहका प्रमुख र ८२ स्थानमा उपप्रमुखमा विजय हात पारेको छ ।

यस्तै, माओवादी केन्द्रले ४६ स्थानीय तहको प्रमुख र ४८ स्थानमा उपप्रमुख पदमा विजय हासिल गर्दा राप्रपाले एक स्थानीय तहको प्रमुख र ५ स्थानमा उपप्रमुख पदमा विजय हात पारेको छ ।

LIVE TV