
काठमाडौं । नेपाल माउन्टेन रनिङ संघको आयोजनामा प्रथम खुल्ला एभरेष्ट काठमाडौँ कैलाश अल्ट्रा च्याम्पियनसिप रेस हुने भएको छ ।
आइतबार दसरथ रंगसालामा आयोजित कार्यकममा आउने शनिबार जेठ १३ गते काठमाडौँको चोभार (तौदहदेखि चम्पादेवी) र त्यहि रुट हुँदै चोभारमा समापन हुने जानकारी दिईयो ।
प्रथम पुरस्कार ३० हजार र प्रमाणपत्र त्यस्तै द्वितिय पुरस्कार २० हजार र प्रमाणपत्र, तृतिया पुरुस्कार १५ हजारसहित प्रमाणपत्र र दौड पुरा गर्ने सबै खेलाडीलाई प्रमाणपत्र दिइने संघका महासचिब मनबहादुर खत्रीले बताए ।
दौड खुल्ला रुमपा संचालन हुने भएकाले सबै खेलाडीलाई खेलमा भाग लिन संघका अध्यक्ष सञ्जय पण्डितले आग्रह गरे ।
दौडलाई राष्ट्रिय खेलकुद परिषद्, कैलाश गेअर, याक माउन्टेन गेअर, सञ्जय पण्डित फाउन्डेशन नेपाल, १४ पिक एकसेपिद्शन, सेवेंन समिट ट्रेक एजेन्सी आर्थिक एवंम् प्राबिधिक रुपले सहयोग गरेका छन् ।