८ जेष्ठ २०७४, सोमबार

एजेन्सी । सिल्भर स्क्रिनमा स्टनिङ लुकका लागि नायिका आफ्नो तर्फबाट कुनै पनि सम्झौता गर्न चाहँदैनन् । ‘ब्रेस्ट इम्प्लान्ट्स’ वा ‘बूब्स जब्स’ आजकाल बलिउड इन्डष्ट्रिमा निकै साधारण कुरा हो । वास्तवमा यो ट्रेन्ड हलिउडकी मोडल किम कार्दासियनबाट आएको छ जसले सबैको नजरमा आउनका लागि बूब्स जबको सहारा लिएकी थिइन् ।

यसै क्रममा आज हामी तपाईंलाई यस्ता बलिउड नायिका बारे जानकारी दिँदै छौं जसले आकर्षक लुकका लागि स्तन शल्यक्रियाको सहारा लिए ।
. शिल्पा शेट्टी कुन्द्रा :

शिल्पा आफ्नो सुगठित शरिरका लागि चिनिन्छिन् । उनी यसको क्रेडिट सधैं योगा, व्यायाम र आफ्नो नियमित डेटलाई दिन्छिन् ।

यदि हामीले उनको बाजिगरदेखि अहिलेको फोटोबिच तुलना गर्ने हो भने हामीले सजिलै थाहा पाउन सक्छौं कि उनले नाकको प्लाष्टिक सर्जरी गराएपछि स्तनको शल्यक्रिया गराइन् ।

. बिपाशा बसु :

फिल्मी पर्दामा आकर्षक देखिनका लागि स्तन शल्यक्रियाको सहारा लिइसकेकी छिन् । जब उनी मोडल थिइन् तब उनको फिगर निकै पातलो थियो जुन मोडलिङ वर्ल्डको लागि उत्कृष्ट थियो । बलिउडमा आएलगत्तै उनले स्तन शल्यक्रिया गरिन् । पार्टी र कार्यक्रममा उनले आफ्नो क्लिभेज देखाउनका लागि लजाउँदिनन् ।

. आयशा टाकिया :

जब हेभी स्तनको कुरा हुन्छ तब आयशाको कुरा पक्कै आउने गर्दछ । उनले आफ्नो करियरको सुरुवातमा म्यूजिक एल्बम गरेकी थिइन् । तर जब उनी बलिउडमा आइन् तब उनी अचानक भिन्न देखिन थालिन् । आफ्नो पूरा करियरमा उनी अभिनय क्षमताभन्दा स्तन शल्यक्रियाका लागि चर्चित छिन् ।

. सुष्मिता सेन :

पूर्व मिस युनिभर्स सुष्मिता सेन सन् १९९४ मा उपाधी जितेपछि सन् १९९६ देखि बलिउड क्षेत्रमा पाइला टेकिन् । मोडलिङ जगतमा सफलता हाँसिल गरेपछि सुष्मिताले बलिउडमा सेक्सी देखिनका लागि स्तन शल्यक्रिया गराएकी थिइन् ।

. कंगना रनौत :

जब कंगना सन् २००६ मा ‘ग्याङ्गस्टर’ मार्फत बलिउडको क्षेत्रमा पाइला टेकिन् तर उनी आफ्नो अभिनय क्षमताका लागि चिनिएकी थिइन् तर सन् २०११ मा रास्कल्सको एक सीनमा जब उनी बिकिनी सिनमा आफ्नो फिगर देखाइन् तब उनको स्तन देखेर उनले त्यसको शल्यक्रिया गराएको भन्ने बुझ्न सकिन्छ ।

. मल्लिका शेरावत :

मल्लिका शेरावत त्यतिबेला चर्चामा आइन् जब उनले बलिउडमा हट देखिनका लागि स्तनको शल्यक्रिया गराएको स्विकारेकी छिन् । साथै उनले नाकको सर्जरीदेखि ओठको समेत गराइन् ।

. श्रीदेवी :

श्रीदेवी बलिउडका ती नायिकामध्ये समावेश छिन् जसले नाकको शल्यक्रिया गराएकी थिइन् तर उनी कहिले यो कुरा मान्दिनन् । उनले नाकको शल्यक्रियाका साथै स्तनको शल्यक्रिया पनि गराइन् ।

LIVE TV