८ जेष्ठ २०७४, सोमबार

काठमाण्डौ । अभिनेत्री प्रियंका कार्की र सौगात मल्ल जोडीको रुपमा देखिने चलचित्र ‘फाटेको जुत्ता’को शुभमुर्हत गरिएको छ ।

बिहिबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभ–साइत गरिएको चलचित्र निकेश खड्काले निर्देशन गर्न लागेका हुन् ।

अर्जुन कुमारको निर्माण रहने चलचित्रमा प्रियंका र सौगातको अलवा, वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

बिरगञ्जबाट छायाँकन थालिने चलचित्र कात्तिक १७ गते प्रदर्शनमा ल्याइनेछ ।

. कार्यक्रममा सौगातले नयाँ कथामा काम गर्न पाउँदा खुशी लागेको बताए ।

. प्रियंकाले पनि आफुले निर्बाह गर्न लागेको भुमिका अहिलेसम्मकै फरक भएको बताइन् ।

. निर्माता अर्जुन कुमारले करिब एक महिना लगाएर चलचित्रको छायांकन गरिने बताए ।
चलचित्र पूर्णतया कमेडी कथामा बनाउन लागेको निर्देशक खड्काले बताए ।

LIVE TV