८ जेष्ठ २०७४, सोमबार

काठमाण्डौ । केही पहिले बेलायतमा ‘आत्महत्या गरेका’ चर्चित र्यापर अनिल अधिकारी ‘ यम बुद्ध’को सम्झनामा गीत बनाइएको छ ।

विराज पुडासैनीले उनको सम्झनामा गीत बनाएका हुन् । जसमा शब्द, संगीत तथा स्वर पनि उनकै रहेको छ ।

गीत अष्ट्रेलियावासी युवाहरुले युट्युब मार्फत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन् । जीवनका आरोह अवरोह, निराशा र संघर्षलाई सम्बोधन गरिएको गीतको भिडियो सन्तोष खनालले निर्देशन गरेका हुन् ।

आरएस इन्टरटेन्मेन्टको रेकर्डिग तथा एम्स टीभीको पोस्ट प्रोडक्सन रहेको ‘यो दुनियाँ’ नामक म्युजिक भिडियोलाई कडेल कन्सल्टेन्सीले बजारमा ल्याएको हो ।

LIVE TV