
काठमाण्डौ । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको खेलमा मालागालाई उसैको मैदानमा २/० गोल अन्तरले हराउँदै रियलले ५ बर्षपछि उपाधि जित्न सफल भएको हो । अर्को खेलमा उपाधि होडमा रहेको बार्सिलोनाले इबारलाई ४/२ ले पराजित गरेपनि ३ अंकले पछि परेको बार्सलोना जितको हकदार बन्न सकेन ।
रियललाई उपाधिका लागि बराबरी खेलेपनि पुग्ने थियो । बार्सिलानाका लागि जितसँगै रियल पराजित हुनु आवश्यक थियो । रियलको जितका लागि खेलको दोस्रो मिनेटमा कप्तान रोनाल्डोले गोल गरे भने ५५ मिनेटमा करिम बेन्जामले गोल गरे ।
बार्सिलोनाको जितका लागि कप्तान मेस्सीले २ गोल गरे भने सुवारेज र जुन्काले एक/एक गोल गरे । इबारको लागि इन्वीले दुई गोल गरे । उपाधि विजेता रियल मड्रिडले ३८ खेलबाट ९३ अंक जोड्यो भने बार्सिलोनाले ३८ खेलबाट ९० अंक मात्रै जोड्न सफल भयो ।
अन्नपूर्णपोष्ट बाट