८ जेष्ठ २०७४, सोमबार

दोस्रो चरणमा हुने ४६१ स्थानीय तहको निर्वाचनका लागि पार्टीका तर्फबाट १२ जेठसम्म सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्न कांग्रेसले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । ‘ग्राउन्ड रियालिटी’ बुझेर जित्न सक्ने उम्मेदवार जो हुन सक्छ, त्यसलाई टिकट दिने हाम्रो तयारी छ,’ कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने । केन्द्रीयस्तरको घोषणापत्रसँगै स्थानीयस्तरमा घोषणापत्र तयार गर्ने र प्रचार–प्रसारको रणनीति बनाउन सर्कुलर जारी गरेको कार्कीले बताए । पार्टीलाई मुख्य केन्द्रबिन्दु बनाएर कमजोर स्थानमा तालमेलका लागि स्थानीय पार्टी समितिलाई नै अख्तियारी
दिइएको उनले बताए ।

LIVE TV