७ जेष्ठ २०७४, आईतवार

 

नुवाकोट । लिखु खोलामा करेन्ट लागाएर माछा मार्ने क्रममा शिवपुरीको सुनखानीमा आज एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवपुरी गाउँपालिका–८ थानापतीका २२ वर्षीय राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । खोला नजिकै रहेको खम्बाबाट विद्युत् चोरी गरी करेन्ट लगाएर माछा मार्ने क्रममा नेपालीको मृत्यु भएको हो ।

नेपालीसँगै माछा मार्न गएका स्थानीय गोपाल सुनार र नवराज विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तादी र लिखु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा पछिल्लो छ महिनामा तीन जनाले ज्यान गुमाइसकेका छन् । रासस

LIVE TV