७ जेष्ठ २०७४, आईतवार

 

कालीकोट । कालिका गाँउपालिकाको अध्यक्षमा नेकपा (एमाले)का खडानन्द चौलागाईं दुई हजार २७४ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्द आचार्यले एक हजार ५१२ मत ल्याउनुभयो । सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै पम्फादेवी शाही विजयी हुनुभएको छ । ।

कालिका गाँउपालिकाको पाँचवटा वडामा एमाले तथा दुई÷दुई वडामा काँग्रेस र माओवादी केन्द्र विजयी भएको छ । जिल्लाको दुई नगरपालिकासहित तीन गाँउपालिकामा माओवादी केन्द्र, एक नगरपालिकासहित एक गाउँपालिकामा एमाले र एक गाउँपालिकामा काँग्रेस विजयी भएको छ ।

यसैबीच, नरहरिनाथ गाँउपालिकाको नन्दादेवी मावि सेरापाटा मतदान केन्दमा स्थगन भएको निर्वाचन आज सम्पन्न भएको छ । रासस

LIVE TV