७ जेष्ठ २०७४, आईतवार
  • रीया भण्डारी,

निर्वाचन आफैमा धपेडी , हापझाप , विवाद र कौतुहलता जगाउने पक्ष हो । निर्वाचनमा उम्मेद्वार बन्नु झनै तनावको विषय हो । न खाने टुंगो न सुत्ने नत आरामको नै । उम्मेद्वारहरुको यही हविगत कारण उनीहरुमा गम्भीर स्वास्थ्य समस्या देखिने गर्छ । यस्को व्यवस्थापन गर्न नसके उम्मेद्वारहरुले अकालमा ज्यान गुमाउन पनि बाध्य हुन्छन् । यही नियति स्थानीय तहको पहिलो चरणको निर्वाचनमा दुई उम्मेद्वारले भोग्न पुगे ।

दौडधुप त्यो पनि वैशाख र जेठको गर्मीमा । सबैलाई फकाउन र मनाउन उम्मेद्वारहरुले घरघर दैलोदैलोमा पुगेर विन्तिभाउ विसाउनु पर्छ । जस्ले जे भने पनि सहनु पर्छ , जे दिन्छन त्यो खानै पर्छ । न रात न दिन , न घाम न पानी । विचराहरुको विजोग नै हुने गर्छ । यही अवस्थाले उम्मेद्वारहरुको स्वास्थ्यमा गम्भीर असर पार्ने गर्छ नै ।

निर्वाचन भन्दा १ महिना अघि देखि खटिएकाहरु निर्वाचन पछिको मतगणना सुस्त गतिमा हुँदा उम्मेद्वारहरुको दैनिकी नै बिथोलिएको छ र यसले उनीहरुको स्वास्थ्य नै जोखिममा परेको छ । सबै भन्दा बढी प्रभाव महानगरपालिकाका उमेद्ववारहरुलाइ परेको छ मतगणना सुस्त गतिमा हुँदा कयौ दिन देखि उनीहरु सुतेका छैनन् । अनिदो बस्दा र जित्ने होकी हार्ने हो भन्ने तनाबले उच्च रक्तचापको समस्या हुनेहरुमा झन् स्वास्थ्य समस्या थपिएको छ । त्यस्तै दैनिक दौडधुप खानपानको ठेगान नभएको कारण उमेद्वारहरुको स्वास्थ्यमा नराम्रो प्रभाव परेको छ ।

प्रतिष्पर्धामा रहेका उमेद्ववारहरुमा मानसिक तनाव धेरै छ । कतिबेला कसले जित्ने हो भन्दै कहिले मतगणना स्थल त कहिले रेडियो टेलिभिजनमा मात्र ध्यान केन्द्रित गरेर कयौ दिन सम्म नसुतेका उमेद्वारहरु तनावमा देखिन्छन । निर्वाचन र निर्वाचन पछिको मतगणनाले पहिलेको जस्तो सामान्य दैनिकी नरहेको र यसले स्वास्थ्यमा प्रभाब परेको उमेद्वारहरु बताउछन् ।

बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचन पछि महानगरपालिकाहरुको मतगणना जारी छ । स्थानीय बिकासको एजेन्डा लिएर उठेका कयौ उमेद्वारहरुलाई सुस्त मतगणनाले दिनु सम्मको तनाब दिएको छ र बिथोलिएको उनीहरुको दैनिकीले उनीहरुको स्वास्थ्य नै जोखिममा देखिन्छ ।

निर्वाचनकै तयारीको दौरानमा पाल्पा तानसेन नगरपालिका वडा नम्बर चारका वडाध्यक्षका उम्मेद्वार ४६ बर्षीय राजेन्द्र श्रेष्ठ निर्वाचन हुन दुई दिन अघि हृदयघातबाट निधन भयो भने एक उम्मेद्वारले जित हासिल गरेको दोश्रो दिन ज्यान गुमाए । यसैले पनि उम्मेद्वाहरुले आफ्नो स्वास्थ्य अवस्थामा ध्यान दिनु जरुरी देखिन्छ ।

 

LIVE TV