७ जेष्ठ २०७४, आईतवार
  • दान बहादुर बुढा,

मुगु । वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी भएका छायाँनाथ रारा नगरपालिकाका पदाधिकारीहरुले आईतवार सपथ लिदै पदभार ग्रहण गरेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्धारा आयोजना गरिएको एक कार्यक्रममा नगरपालिकाका प्रमुख तथा उपप्रमुख, १४ वटै वडाका प्रमुख र सदस्य गरि ७२ जनाले सपथ ग्रहण गरेका हुन ।

नगर पालिकाका प्रमुख तथा उप प्रमुख र वडाका प्रमुखले मुख्य निर्वाचन अधिकृत पुर्णेश्वरप्रसाद उपाध्यायबाट सपथ लिई सके पछि नगरपालिकाका प्रमुख हरिजंग शाहीबाट वडाका विजेता सदस्यहरुले सपथ लिएका थिए ।

पदभार ग्रहण गर्दै छाँयानाथ नगरपालिकाका प्रमुख हरिजङ्क शाहीले छाँयानाथ रारा नगरपालिकामा रहेका बस्तीहरुमा विद्युत सेवा नपुगेका बस्तीहरुमा ६ महिना भित्र विद्युत सेवा पु¥याउने,विश्वमै प्रख्यात रारा तलमा घुम्न आउने पर्यटकहरुको सहज र सुविधाको लागि पर्याटकीय पदर्मागको रुपमा कर्णाली राजर्माग हुदौ पिना, बालै, गमगढी, तुम रारा सम्मको पर्दमार्ग र मुगु जिल्लामा ठूलोरुप लिएको भष्टाचार उन्मुलन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी उपप्रमुखकी बिजेता सकुन्तला रोकायाले आफु महिला भएकै कारण विशेष गरि महिलाहरुले सुत्केरी हुने अवस्थामा सुरक्षित प्रसुति सेवा नपाउनु, स्वास्थ्य पहुँच नभएकै कारण गर्भवती महिलाको अकालमा नै मृत्यु हुने अवस्थालाई हटाउन नगरपालिकाका सबै गाउँ वस्तीमा स्वास्थ्य सेवा पहुँच पुग्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सपथ ग्रहण पछि नगरपालिकाको कार्यालयमा गएर सवै पदाधिकारीहरुले नगरपालिकाको पदभार तथा जिम्मेवारी सम्हालेका छन ।

 

LIVE TV