७ जेष्ठ २०७४, आईतवार
  • राजकमल,

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहालले तराई मधेशमा उत्सवको रुपमा दोस्रो चरणको निर्वाचन हुने दाबी गरेका छन् । उनले दोश्रो चरणको निर्वाचनमा पहाड भन्दा बढी मत मधेसमा खस्ने जिकिर समेत गरे ।

जनकपुरमा आइतबार मध्यान्ह पत्रकारहरुसित संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दहालले मधेशमा ठूलो उत्सवको रुपमा निर्वाचन हुने दावी गरेका हुन् । मधेश केन्द्रित राजनीतिक दलहरु राजपा नेपाल र उपेन्द्र यादबको संघीय समाजवादी फोरम नेपालको सहभागितामा चुनाब हुने र चुनाबमा पहाडभन्दा बढी मत प्रतिशत खस्ने प्रधानमन्त्री दाहालको दाबी छ ।

मधेश केन्द्रित दलहरुले विरोध गर्दै गर्दा निर्वाचन शान्तिपूर्ण रुपमा नहुने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री दाहालले आंशिक माँगहरु पुरा भएपछि मधेश केन्द्रित दलहरु उत्साहपूर्वक चुनाबमा सहभागी हुने विश्वास व्यक्त गरे ।

स्थानीय तहको निर्वाचनको पहिलो चरणमा देखिएको उत्साह दोश्रो चरणमा पनि कायम रहने प्रधानमन्त्री दाहालको भनाई थियो ।

 

LIVE TV