७ जेष्ठ २०७४, आईतवार

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ को वडाध्यक्षमा नेपाली काँग्रेसका खेमराज तिवारी दुई हजार ९७ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा ९एमाले०का रवीन्द्र रिमालले एक हजार ८७३ मत प्राप्त गरे । यसैगरी खुल्ला वडा सदस्यमा कृष्ण रजक र तीर्थरात्री डङ्गोल, खुल्ला महिला सदस्यमा शान्ता गौतम र दलित महिला सदस्यमा निर्मला बोगटी विजयी भएका सहायक मतदान अधिकृत प्रेम पौडेलले जानकारी दिए । वडा सदस्यमा निर्वाचित चारैजना एमालेको उम्मेदवार हुन् । रासस

LIVE TV