७ जेष्ठ २०७४, आईतवार

एजेन्सी । बलीउडकी अभिनेत्री ऐश्वर्या राय बच्चनले कान्स फिल्म उत्सब २०१७को रेड कार्पेटमा सिंड्रेला लुक्समा पुगेर उत्सबलाई जादुमय बनाएकी छन् । उत्सबमा ४३ वर्षिय अभिनेत्री राय माईकल सिनको नीलो रंगको ब्रोकेड गाउनमा सही अन्दाजमा देखिईन् ।


अभिनेत्री रायले यस उत्सबको मौकामा गाढा रंगको लिपिस्टीक लगाएकी छन् भने उनी बिना मेकअप पुगेकी थिईन् । अहिले उनले निर्देशक संजय लीला भंसलीको फिल्मको स्क्रीनिङमा पनि उपस्थित हुनेछन् ।

कान्स फिल्म उत्सबमा बलीउडका अभिनेत्री राय बच्चनको अलवा अर्को अभिनेत्री दीपिका पादुकोण पनि उत्सबको हिस्सा बन्न पुगेकी छन् । उनले मे को १८ मा ब्रेडन मेक्सवेलको प्रत्येक रंगको गाउनमा रेड कार्पेटमा हिडेकी थिईन् । सोही उत्सबमा अर्को अभिनेत्री सोनम कपुरले पनि मे को २१ र २२ तारिखमा भाग लिँदैछन् । यो उत्सब मे को १७ देखि २८ तारिख सम्म चल्नेछ ।

LIVE TV