
- सरद राई,
काठमाडौं । नव गायक तुल साम्सुहाङ राईको आउन लागेको नयाँ गीति एल्बम ‘सुरुवात’मा समाबेश गरिएको ‘माया सारंगहोँ’ बोलको गीतको भिडियोको छायाङकन सम्पन्न भएको छ । नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो नयाँ पहिचानलाई लिएर गायक राई केही दिन अघि मात्रै नेपाल आइपुगेका हुन् । उनको ‘माया सारंगहोँ’ बोलको गीतको गत शनिवार किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको आँगनमा छायांकन सम्पन्न गरिएको हो ।
सो गीतको छायाङ्कन स्थलमा दशर्कहरुको भिड पनि लागेको थियो, भने गायक राईको बिशेष अनुरोधमा सोही छायांकन स्थलमा नेबिसंघका केन्द्रीय कार्यालय सचिव नरेन्द्र गुरुङ समेत उपस्थित भएका थिए । सचिव गुरुङले गायक राईसँग छायांकन स्थलको अबलोकन गर्नुका साथै विचार विमर्श पनि गरेका थिए ।
उनले नव गायक साम्सुहाङ राईलाई आफ्नो करियरकै पहिलो गीति एल्बम ‘सुरुवात’ बिमोचनको लागि अग्रिम बधाई तथा सफलताको शुभकामना पनि दिएका थिए । गायक साम्सुहाङ राईको सो गीतलाई विक्रम स्वारको निर्देशनमा तयार गरिएको हो भने भिडियोमा ‘भिमफेदी गाइज’ले अभिनयलाई उत्कृष्टता दिएका छन् । त्यस्तै, सो गीतको भिडियोमा मोडेल रीना राईको पनि अभिनय रहेको छ ।
गीतको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् । साम्सुहाङ राईको सुमधुरमा आवाजमा सजिएको सो गीतलाई बाबु बोगटीले संगीतबद्ध गरेका छन् भने सौरव तिम्सिनाको शब्द रहेको छ । अहिले त्यस गीतको भिडियो सम्पादनको टेवलमा रहेको छ । अब चाँडैनै गायक राईले आफ्नो जीवनको पहिलो गीति एलवम ‘सुरुवात’ र सोही एल्वम समाबेश गरिएको ‘माया सारंगहोँ’ गीतको भिडियो सार्वजनिक गर्दैछन् । प्रवासमा रहेर पनि गायक राईले आफ्नो पहिलो गीति ‘सुरुवात’ एल्वम बिमोचनको लागी नेपाल नै रोजेका छन् ।
नेपाली गीत संगीतको क्षेत्रमा गायक राईको पहिलो प्रस्तुति भएता पनि उनले लामो समयको मिहेनत र अनुभवलाई ‘सुरुवात’मा समाबेश गरेका बताउँछन्् । साथै, आफुले सक्दो राम्रो गरेर देखाउने प्रयास गरेको र दर्शक तथा श्रोताहरुले आफुलाई विश्वास गर्नेमा पनि गायक राई विस्वास्त छन् । उनले आफ्नो एल्बम र म्युजिक भिडियो सार्वजनिक भएपछि आफ्नो प्रस्तुतीलाई हेरेर, सुनेर सहि ढंगले मुल्यांकन गरी प्रतिक्रिया दिन दर्शक तथा श्रोताहरुलाई आग्रह पनि गरेका छन् ।