७ जेष्ठ २०७४, आईतवार

काठमाडौ । निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचनका लागि गठन गरिएको उच्चस्तरीय सुरक्षा समितिसँग शनिबार छलफल गरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

पहिलो निर्वाचनमा कतिपय अवाञ्छित गतिविधि भएको भन्दै दोस्रो चरणको निर्वाचनमा केही संयमित हुन दलका कार्यकर्तालाई आग्रह गर्न लगाउने उदेश्यले आयोगले चाडै प्रमुख दलका हिर्ष नेताहरुसँग छलफल गर्ने तय गरिएको आयोग स्रोतले जनाएको छ ।

गृह मन्त्रालयले निर्वाचनका लागि तयार गरेका सुरक्षा योजनामा आवश्यक रणनीति परिमार्जन र थप कार्ययोजना बनाई आगामी बैठकमा पेस गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

LIVE TV