६ जेष्ठ २०७४, शनिबार

 

रत्ननगर (चितवन) । पूर्वी चितवनको राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखसहित अधिकांश वडामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । केहीबेर अघिमात्रै राप्ती नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्दै विजयी घोषणा गरेको हो ।

एमालेकी प्रभा बराल ११ हजार ६१३ मतको साथमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किरणभूषण ओलीले सात हजार २९२ मत प्राप्त गर्नुभयो । बराल चार हजार ३२१ मतान्तरले विजयी हुनुभएको हो ।

यस्तै उपप्रमुखमा एमालेका इमानसिंह लामा ११ हजार ८८२ मतका साथ विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अनिता मैनाली सात हजार ७४ मत प्राप्त गर्नुभयो । लामाले चार हजार ७४८ मत बढी ल्याउनुभयो ।

सो क्षेत्रमा माओवादी केन्द्रको तर्फबाट प्रमुखको उम्मेदवार रामचन्द्र पाठकको दुई हजार ४९५ र उपप्रमुख कल्पना मोक्तानको २०६४ मात्रै मत आएको छ ।

यहाँका १३ वडामध्य ११ वडाध्यक्षमा एमालेले जितेको छ भने वडा नं ९ र १२ मा मात्रै काँग्रेसले जितेको छ ।
वडा नं १मा एमालेका सिद्धिलाल तामाङ एक हजार ३७४, वडा नं २ मा श्याम सुन्दर उप्रेती एक हजार २२१, वडा नं ३ मा राजकुमार उप्रेती ६८७, वडा नं ४ मा शम्शेर लामा एक हजार १६५, वडा नं ५ मा मेनुका पाठक ६८६ विजयी हुनुभएको छ ।
यस्तै वडा नं ६ मा जल्लु महतो एक हजार ७०४, वडा नं ७ मा सुमिता डल्लाकोटी एक हजार ९५,वडा नं ८ मा बुद्धिराज थपलिया एक हजार १४६, वडा नं १० मा अम्मरबहादुर तमाङ ४१४, वडा नं ११ मा हितबहादुर तामाङ ५९३ र वडा नं १२ मा सूर्यबहादुर प्रजा ४४१ विजयी हुनुभएको छ ।

यता वडा नं ९ मा काँग्रेसका देवेन्द्र लामा ८३९ र वडा नं १२ मा अर्जुन प्रजा ३२० विजयी हुनुभएको निर्वाचन अधिकृत परमेश्वर पराजुलीले जानकारी दिनुभयो ।

चितवनको कालिका नगरपालिकामा एमाले विजयी

पूर्वी चितवनको कालिका नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का खुमनारायण श्रेष्ठ (गोपी) विजयी हुनुभएको छ । आज साँझ ७ बजे सम्पन्न मतगणनाको सार्वजनिक परिणामअनुसार श्रेष्ठले ३२८ मत बढी प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँले खसेको मतमध्ये सात हजार ४९२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कमल आचार्यले सात हजार १६४ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा पनि एमालेकी कमला भट्टरार्ई सात हजार ५३५ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निरुजा श्रेष्ठको छ हजार ७२० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको तर्फबाट प्रमुखको उम्मेदवार रामध्वज डल्लाकोटीको दुई हजार ३७८ र उपप्रमुख सविता लामाको दुई हजार ५९३ मत प्राप्त गर्नुभएको छ ।

एघार वडा रहेको कालिकामा १, ४, ५, ९ र १० वडामा काँग्रेसले जितेको छ भने २, ३, ६, ७, ८ र ११ वडामा एमालेले जितेको छ ।

चितवनको कालिका नगरपालिकामा काँग्रेसबाट वडाध्यक्षमा जित्नेहरुमा वडा नं १ मा लीलाबहादुर गुरुङ, वडा नं ४ कृष्णकुमार श्रेष्ठ, वडा नं ५ जियना महतो, वडा नं ९ हेमबहादुर क्षेत्री र वडा नं १० मा डिबबहादुर गुरुङ रहेका छन् ।

एमालेका तर्फबाट वडाध्यक्ष जित्नेहरुमा वडा नं २ सोमबहादुर गुरुङ वडा नं ३ टीकाराज रिजाल, वडा नं ६ विनोद रेग्मी, वडा नं ७ डिल्लीप्रसाद दवाडी, वडा नं ८ इमप्रसाद अधिकारी र वडा नं ११ बाट कृष्णबहादुर प्रजा रहेको जनाइएको छ ।

बाइस हजार ९८७ मतदाता रहेको कालिकामा कुल १८ हजार ५०० मत खसेको थियो । चट्याङका कारण एकजना उम्मेदवारको मृत्यु भएपछि जेठ २ गते मतदान भई सोही राति ११ बजेबाट यहाँ मतगणना सुरु गरिएको थियो । रासस

LIVE TV