६ जेष्ठ २०७४, शनिबार

काठमाडौं । हस्तकला नेपालको मौलिकताको चिनारी हो । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात हुने यिनै हस्तकलाका सामानले समेत चिनाउँछ । नेपालमा बन्ने ढुङ्गाका मूर्ति, काष्ठकला, पश्मिना, ऊन, रेशम, कटन, अल्लो, ढाका, ढलोट, चाँदी, हाते कागज लगायतका सामान विदेश निकासी हुने गर्छ । हस्तकलाका सामान उत्पादनका लागि दक्ष कालिगढको अभाव रहेकोले नेपालमा हस्तकला व्यवसायले उचित स्थान भने पाउन सकेको छैन् ।

नेपाली हस्तकला व्यवसायले मुलुकको आर्थिक विकासका लागि पनि ठूलो टेवा पु¥याउँदै आएको छ । नेपालमै पनि सजावटका लागि हस्तकलाका सामानको प्रयोग गर्ने प्रवृत्ति बढेको छ । नेपाल घुम्न आउने पर्यटकहरूले यहाँको चिनोको रूपमा हस्तकलाका सामग्री नै रोज्ने गरेका छन् । नेपालमा सरकारले हस्तकला व्यवसायी बजार विस्तार गर्नका लागि पहल नगरेको हुनाले परम्परागत रूपमा व्यवसाय गरिरहेका कालिगढहरू विदेशिएकाले नेपालमा दक्ष कालिगढको अभाव भएको लहर सिर्जना भएको अल्टरनेटिभ अपर्च्युनिटी फर वेटर सेल्फ सस्टेन्स संस्थाका अध्यक्ष प्रतिमा थापा बताउँछन् ।

कालिगढहरू विदेशिएपछि नयाँ पुस्ताले यो सीप सिक्ने अवसरबाट वञ्चित हुनुपरेको व्यवसायीहरुले बताएका छन् । नयाँ पुस्तालाई सीप सिकाउनका लागि लहर सिर्जना अल्टरनेटिभ अपर्च्युनिटी फर वेटर सेल्फ सस्टेन्स संस्थाले तालीम दिने गरेको लहर सिर्जना अल्टरनेटिभ अपर्च्युनिटी फर वेटर सेल्फ सस्टेन्स संस्थाका म्यानेजर गंगा निउडेले बताए ।
नेपालमा हस्तकला विकासका लागि व्यवसायीहरूले हस्तकला ग्रामको विकास गर्नुपर्ने माग गर्दै आएका छन् । नेपाल सरकारले हस्तकला व्यवसायीलाई प्राथमिता राख्ने हो भने नेपालको अर्थतन्त्रलाई टेवा पु¥याउछ । नेपाल सरकारले यस व्यवसायप्रति गम्भीर हुन जरुरी छ ।

 

LIVE TV