६ जेष्ठ २०७४, शनिबार
  • दान बहादुर बुढा,

मुगु । मुगुमा स्थानीय तहको निर्वाचनमा काँग्रेस बलियो देखिएको छ । जसमा तीन स्थानीय तहमा काँग्रेसले जितेको छ भने एक स्थानमा एमाले बिजयी भएको छ । काँग्रेस र माओवादीको तालमेल भएको मुगुमा काँग्रेसले आफुहरुमाथि अन्तर्घात गरेको आरोप माओवादी केन्द्रले लगाएको छ ।

काग्रेसले सोरु गाँउपलिका, छायाँनाथ रारा नगरपालिका र मेगुमर्कारोंग गाँउपालिकामा जित दर्ता गरेको छ भने एमालेले खत्याड गाँउपालिकामा जितेको छ भने माओवादीले कुुनै तहमा जित्न सकेन ।
माओवादी र काँग्रेसको तालमेल भएको मुगुमा काँग्रेसले माओवादीलाई मत नदिएको माओवादीले आरोप लगाएको छ । चार तहमा छाँयानाथ रारा नगरपालिकाको मेयरमा नेपाली काग्रेसका हरिजङ्क शाही, रोङ्क गाँउपालिकाको अध्यक्षमा नेपाली काग्रेसका छिरीङ्क क्याप्ने लामा, खत्याड गाँउ पालिकामा नेकपा एमालेका उम्मेद्वार उब्जन शाही र सोरु गाँउपालिकामा काग्रेसका लोकबहादु शाहीले विजय हात पार्नु भएको छ ।
४५ वडा मध्य एमालेले २०, नेपाली काँग्रेसले १७, माओवादीले ७ र स्वतन्त्रले १ वडामा जित दर्ता गरेका छन् ।

 

LIVE TV