
काठमाडौं । अभिनेता निखिल उप्रेतीले फिल्म ‘कमिटमेन्टः सिक्स्टी आवर्स’ निर्माणको घोषणा गरेका छन् । उनले ‘भैरव’ फिल्मको निर्देशन र अभिनय गर्दै नेपाली फिल्म उद्योगमा पुनः कमब्याक गरेका थिए ।
एक्शन अभिनेताको रुपमा परिचित निखिलले ‘कमिटमेन्टः सिक्स्टी आवर्स’ फिल्मबाट पुनः निर्देशनमा हात अगाडि बढाएका छन् । राजधानिमा आयोजित एक कार्यक्रमकोबिचमा सो फिल्म निर्माणको घोषणा गरिएको हो । यो फिल्मको लगानी ३ करोड भन्दा माथिको हुने अभिनेता तथा निर्देशक उप्रेतिले जानकारी गराए भने भारतीय फिल्म निर्माण कम्पनी प्रामा ईन्स्ट्रूमेन्टले लगानी गर्नेछ ।
फिल्मको मुख्य भुमिकाको रुपमा अभिनेता उप्रेती आफै रहनेछन् । कार्यक्रममा बोल्दै अभिनेता उप्रेतीले एक्शनको लागी मात्रै १ करोड खर्च हुने बताए भने आफुले ३ करोड बजेटको ठूलो फिल्म बनाउने जोखिम उठाउँदै गरेको बताएका छन् ।
फिल्ममा निखिलका अलवा बलीउडका चर्चीत कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भूमिका रहनेछ । कार्यक्रममा बोल्दै अभिनेता उप्रेतीले बलीउडका प्रख्यात कलाकारहरु नेपाली ‘कमिटमेन्ट’मा राजी हुनको कारण नै कथावस्तु राम्रो रहेको बताएका छन् ।
‘कमिटमेन्ट’ फिल्मलाई नेपाल, मुम्बई, थाइल्याण्ड, सिंगापूर र अमेरिकामा छायाङकन गरिनेछ । नेपालको एउटा व्यक्तिले कसैलाई मुम्बईबाट रेस्क्यू गरेर नेपाल ल्याउन ६० घण्टाको लागी गरेको कमिटमेन्टलाई पुरा गर्न उसले गर्ने संघर्ष नै फिल्मको मुख्य कथा रहेको बताइएको छ ।
फिल्मको लिड अभिनेत्री नेपाली नै हुने बताइएको छ, तर फाइनल भने गरिएको छैन । जानकारीमा आए अनुसार हिरोइनका बाबुको रुपमा क्याप्टेन विजय लामाले अभिनय गर्नेछन् । ७० प्रतिशत भारतीय भाषामा बन्ने यो फिल्ममा ३० प्रतिशत मात्र नेपाली भाषा हुनेछ ।