६ जेष्ठ २०७४, शनिबार

चौतारा । सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) का भूपेन्द्र श्रेष्ठ दुई हजार नौ सय पाँच मत ल्याई विजयी भएका छन ।

उनका निकटम प्रतिद्वन्द्वीमा नेपाली काँग्रेसका भक्तध्वज बोहोराले दुई हजार सात सय छ मत प्राप्त गरेका छन । उपाध्यक्षमा पनि एमालेकै दुर्गा नेपाल दुई आठ सय ४९ मत ल्याई विजयी भएका छन । उनका निकटम प्रतिद्वन्द्ी काँग्रेसकी पदमकुमारी श्रेष्ठले दुई हजार छ सय ६५ मत प्राप्त गरेकि छिन् ।

वडा नं १ मा काँग्रेसका तर्फबाट ८० वर्षीय कर्णबहादुर खड्काले समूहसहित विजय हासिल गरेका छन । वडा नं ५ मा काँग्रेसका विष्णुभक्त श्रेष्ठ र वडा नं ६ मा काँग्रेसकै रामचन्द्र बुढाथोकी विजयी भएका छन । वडा नं २ मा एमालेका मानबहादुर थामी, वडा नं ३ मा एमालेकै सुकदेव रिसाल र वडा नं ४ मा सोही दलका भोतेलो थामी विजयी भएका छन ।

LIVE TV