६ जेष्ठ २०७४, शनिबार

 

प्रधानमन्त्री प्रचण्ड
पहिलो चरणको निर्वाचन भयो, यो हामी सबैका लागि गौरवको विषय हो । अब मधेसका साथीहरूलाई समेत सहमतिमा ल्याएर दोस्रो निर्वाचन सफल गर्न लागौँ । यसका लागि संविधान संशोधनमा सबै दल जुटौँ । पहिलो चरणमा निर्वाचन गरेपछि अब जसरी पनि दोस्रो चरणको निर्वाचन गर्नैपर्छ । तराईमा सिके राउतजस्ता अतिवादी छन् भन्ने हामीले बुझ्नुपर्छ । अब निर्वाचन गराउनेतिर लाग्नुको सट्टा अतिवादीहरूको आत्मबल नबढोस् भन्नेतर्फ हामी कोही पनि नलागौँ, सचेत बनौँ र निर्वाचन गर्ने वातावरणका लागि संविधान संशोधन गरेर जाउँ । हाम्रो अहिलेको ठूलो एजेन्डा भनेकै संविधान कार्यान्वयन हो । यसका लागि निर्वाचन समयमै हुनुपर्छ, यसमा अब विवाद नगरी सबै लागौँ । आजको नयाँ पत्रिकामा खबर छ ।

शेरबहादुर देउवा, सभापति कांग्रेस
जटिलतालाई अब लामो समय जान नदिउँ । सबैलाई सहभागी गराउने गरी संविधान संशोधन गरेर दोस्रो चरणको निर्वाचनमा जुटौँ ।

दिलनाथ गिरी, राप्रपा
राप्रपा संविधानको विपक्षमा मतदान गरेका दल हो । तर, संविधान विधि र प्रक्रियाबाट आएकाले स्वीकार गरेका हौँ । संविधान संशोधनको प्रस्ताव जटिल थियो भनेर हाम्रो विमति रह्यो । तर पनि संघीय सीमांकनको विषय आयोगले अध्ययन–अनुसन्धान गरेर प्रतिवेदन दिनेमा भन्नेमा हामीले पनि सहमति जनाएका हौँ । अहिले पनि संविधान संधोधनका केही विषयमा हाम्रा फरक मत छन् । तर, सबैलाई निर्वाचनमा ल्याउने गरी संशोधनले निकास दिन्छ र सबै दल निर्वाचनमा सहभागी हुने अवस्था रहन्छ भने हामी संविधान संशोधनको पक्षमा मतदान गर्न तयार छौँ ।

महन्थ ठाकुर
हामीले यहाँ के बोल्ने रु बोलेको–बोल्यै छौँ । सत्तापक्ष र प्रतिपक्षकै बीचमा कुरा मिलेको छैन भने बोल्नुको मात्रै के अर्थ छ रु हामी त तपाईंहरूले हाम्रा संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने माग पूरा गर्दिनुहोला भनेर आएका हौँ । पहिला तपाईंहरू ९सत्तापक्ष र प्रतिपक्ष० बीच कुरा मिलाउनुस्, अनि हामीलाई बोलाउनुस्, अन्यथा यसरी निरर्थक छलफलमा बोलाउनुको कुनै अर्थ छैन । प्रतिपक्षलाई पनि विश्वासमा लिनुस् । दोस्रो चरणको निर्वाचनअघि संविधान संशोधन नगरीकन जबर्जस्ती निर्वाचन गर्न खोजिए हामी कडा आन्दोलनमा जान बाध्य हुन्छौँ ।

अशोक राई
स्थानीय तह बढाउने र संविधान संशोधन विधेयक संशोधन गर्ने कुरा प्रधानमन्त्रीले राख्नुभएको थियो । प्रमले बोल्नासाथ प्रतिपक्षी दलका नेताले कडा आपत्ति जनाउँदै सम्पूर्ण रूपमा प्रतिवाद गर्ने भनेर चेतावनी दिएपछि बैठकको स्थिति भड्कियो । पहिलो गाँसमै ढुंगा लाग्यो । त्यसपछि खासै छलफल हुन सकेन ।

कुमार लिङदेन
मधेसवादी दलले निर्वाचनमा जाने सहमति गरे भने हामीलाई पनि स्वीकार्य हुन्छ । तराईमा अतिवादी सिके राउत छन्, अरू अतिवादी छन् यसतर्फ हेक्का राख्नुपर्छ ।

अन्तिममा प्रधानमन्त्रीले भने –हामीसँग धेरै समय छैन । अब आन्तरिक छलफल गरी प्रतिपक्षी दलसँग समेत छलफल गरी निर्णायक बैठक बोलाएर समस्या समाधान गर्न लाग्छु ।

LIVE TV