६ जेष्ठ २०७४, शनिबार

स्थानीय तह निर्वाचन अन्तर्गत लमजुङको राईनास नगरपालिकामा एमालेका सिंहबहादुर थापा मेयर पदमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गणेशप्रसाद चिलवाललाई १७५ मतले पछि पारे । चिलवालले ४०८२ मत प्राप्त गरे ।

राईनासमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रले चुनावी तालमेल गरेका थिए । तर उपप्रमुखको पद पाएको माओवादी केन्द्रले भने यस तहमा जित हासिल गर्न सकेन ।

उपप्रमुखमा कांग्रेसकी धनकुमारी गुरुङ ४१०० मत ल्याएर विजयी भइन् । एमालेको समर्थनमा उम्मेदवारी दिएका माओवादीका पुष्पराज खनालले ३८४७ मतमात्र पाए ।

त्यस्तै लमजुङका आठै स्थानीय तहको अन्तिम परिणामसमेत आएको छ । लमजुङमा भएका ७५ वटा वडामा ३५ वडाध्यक्षमा नेपाली काग्रेस, ३४ वडामा एमाले र ६ वटा वडाध्यक्षमा निर्वाचित भएका छन् । लमजुङमा ५ तहमा एमाले, २ तहमा कांग्रेस, १ तहमा माओवादी केन्द्रले प्रमुखमा जित हासिल गरेका छन् ।

LIVE TV