५ जेष्ठ २०७४, शुक्रबार

 

इरान । इरानमा राष्ट्रपतिको छनौटका लागि शुक्रबार मतदान भएको छ ।

इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले नयाँ राष्ट्रपति छनौट गर्ने निर्वाचनमा स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे मत गर्दै सम्पूर्ण इरानी जनतालाई समयमै मतदान केन्द्रमा पुगी आफ्नो मताधिकारको सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।

इस्लामिक गणतन्त्र इरानमा राष्ट्रपतिको निर्वाचनलाई विशेष महत्व दिइन्छ र इरानी जनताले यो सन्देशलाई ध्यानपूर्वक लिनेछन् । इरानी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा खामेनीले भन्नुभयो, उक्त अवसरमा उहाँले निर्वाचन प्रजातन्त्रको आधार भएको बताउनुभयो ।

सर्वोच्च नेताले टेलिभिजनमा बोलिरहेको समय इरानी गृहमन्त्री अब्दोलरेजा रहमानी फाजलीले देशैभर मतदान सुरु भएको घोषणा गर्नुभएको थियो ।

यसैबीच राष्ट्रपतिको निर्वाचनका एक प्रतिस्पर्धीसमेत रहेका इरानी राष्ट्रपति हनस रौहानीले पनि तेहरानस्थित होसेनेह एर्सादमा रहेको मतदान केन्द्र पुगी नयाँ राष्ट्रपतिका लागि मतदान गर्नुभएको छ ।

निर्वाचनका लागि इरानभर करिब ६० हजार मत पेटिकामार्फत इरानी जनताले आफ्ना अमुल्य मत जम्मा गरी नयाँ नेतृत्व चयन गर्ने इरानले जनाएको छ ।

पाँच करोड ६० लाख इरानी नागरिकले आफ्नो मताधिकार प्रयोग गर्दै आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।

बिहीबार इरानका गृहमन्त्रीले राष्ट्रपतिको दौडमा रौहानी, इबाहीम राइजी, मोस्तफा अघामिर्सालिम र मोस्तफा हसेमी तावा रहेको औपचारिक घोषणा गर्नुभएको थियो ।

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न चाहेका एक हजार ६३६ जनाले गत अप्रिल २१ मा निवेदन दिएको भए पनि छ जना मात्र राष्ट्रपतिको उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्न योग्य मानिएका हुन् ।

गत मङ्गलबार सुधारवादी उपराष्ट्रपति इशाक जहाङगिरीले आफूले राष्ट्रपतिको निर्वाचन उम्मेदवारी फिर्ता लिएको जनाउनुृभएको थियो । रासस÷सिन्ह्वा

LIVE TV