५ जेष्ठ २०७४, शुक्रबार

 

सोमालिया । यमनमा सन् २०१५ मा द्वन्द्व सुरु भएपछि त्यहाँ विभिन्न शरणार्थी शिविरमा रहँदै आएका करिब ३० हजार सोमालियाली स्वदेश फिर्ता भएका संयुक्त राष्ट्रसङ्घ शरणार्थी नियोग (युएनएचसीआर)ले शुक्रबार जनाएको छ ।

युनएचसीआरका अनुसार पछिल्लो समय सोमालियाली शरणार्थीले स्वदेशमै खतरा मोल्न आफूहरु तयार रहेको बताउँदै स्वदेश फर्कन सहयोग गर्न आफूहरुलाई सघाइदिन अनुरोध गर्ने क्रम दैनिक बढेको छ ।

आफ्नै तरिकाले स्वदेश फर्किन चाहने सोमालियाली शरणार्थीलाई युएनएचसीआरले सामान्य सहयोग गर्ने गरेको भए पनि उनीहरुलाई सोमालियामा स्थापित हुन थप सघाउनुपर्ने सो निकायले जनाएको छ ।

युएनएचसीआरले सन् २०१७ मा १० हजार सोमालियाली शरणार्थीलाई स्वदेश फर्काउने कुरामा सहयोग गर्ने बताउँदै यसमा सघाउन अन्य अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरेको छ ।

यमनमा करिब दुई लाख ५५ हजार सोमालियाली शरणार्थी रहेको र सो सङ्ख्या यमनमा रहेका शरणार्थी सङ्ख्याको ९१ प्रतिशत भएको राष्ट्रसङ्घको तथ्याङ्क छ । रासस÷सिन्ह्वा

LIVE TV