५ जेष्ठ २०७४, शुक्रबार

दक्षिण सुडान । दक्षिण सुडानको सरकारी अधिकारीले बिहीबार विएह राज्यको वाट क्षेत्रमा भएका झडपमा कम्तीमा ४० जना विद्रोहीको मृत्यु भएको जनाएका छन् ।

सरकारी सेनासँग भएको झडपमा बिहीबार प्रतिपक्षी समूहका ४० जनाको मृत्यु भएको सुडान पिपुल्स लिवरेसन आर्मीका प्रवक्ता ब्रिगेडिएर डिकसन गटलाउकले बताए ।

घटनामा सेनातर्फ पाँच जना सामान्य घाइते भएको उनले बताउँदै कैयौँ विद्रोही घाइतेसमेत बनेका जनाए ।

दक्षिण सुडानको सीमा क्षेत्रमा रहेका एइ सहरमा भएको भिडन्तमा दुई दिन पहिले पनि केही सेनाको मृत्यु भएपछि सेनाले सुरक्षा कारबाहीलाई सशक्त बनाएको थियो । रासस

LIVE TV