५ जेष्ठ २०७४, शुक्रबार

काठमाडौं । कैलालीको टीकापुरमा २०७२ भदौ महिनामा भएका विभत्स र त्रासदीपूर्ण घटना लगायतका सम्बन्धमा नेपाल सरकारको निर्णयप्रति राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै आयोगले आठ जना सुरक्षाकर्मीहरू र एकजना नावालक सहित नौ जनाको ज्यान जाने गरी भएको घटना र तोडफोड एवं आगजनीबाट सर्वसाधारण व्यक्तिको सम्पत्तिमा भएको क्षति र यातनाका घटनाहरूको सम्बन्धमा जिम्मेवारीपूर्वक छानवीन र अनुसन्धान नै नगरी आपराधिक घटनाका दोषीहरूलाई उन्मुक्ति दिनु दण्डहीनतालाई प्रश्रय दिनु भएको उल्ले गरेको छ ।
यसबाट मानव अधिकार संस्कृतिको विकासमा मद्दत नपुग्ने पनि आयोगको निष्कर्ष छ । आयोगले उक्त घटना सम्बन्धमा अनुसन्धान गरी नेपाल सरकारलाई २०७३ साल फागुन २४ गते गरेको सिफारिस कार्यान्वयन नगरी त्यसविपरीत अपराधलाई राजनीतिक आवरण दिनु आफंैमा खेदजनक भएको पनि बताएको छ ।
प्रत्येक आपराधिक घटनालाई राजनीतिक आवरणले छोप्दै जाने हो भने आवाजविहीन नागरिकहरूले राज्यप्रति भरोसा राख्न नसक्ने बताउँदै आयोग सरकार यसतर्फ सचेत हुन जरूरी भएको भन्दै ध्यानाकर्षण गराएको छ ।

LIVE TV