
काठमाडौं । भरतपुरको मतगणना रोकिएको छ । भरतपुर महानगरपालिकाको मतगणनामा विवाद भएपछि दलका प्रतिनिधिहरुको मतसंख्या र कम्प्युटरबाट प्रकासशत मतसंख्यामा पटक पटक फरक आएको भन्दै मतगणना कार्य रोकिएको हो ।
साथै निर्वाचन आयोगले मत जोड्दा त्रुटी गरेको भन्दै माओवादी र कांग्रसेले बिरोध जनाएपछि मतगणना स्थगित भएको हो । भरतपुर महानगरमा पछिल्लो पटक एमाले उम्मेदवार देवी ज्ञवालीको १५१५५ मत प्राप्त भएको छ भने काँग्रेस माओवादी गठबन्धनकी उम्मदेवार रेणु दाहालको १४८०९ मत रहेको छ । केही समयअघि भने रेणुको अग्रता रहेको थियो ।