५ जेष्ठ २०७४, शुक्रबार

पर्वत । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित कुश्मा नगरपालिकाका जनप्रतिनिधिहरुलाई शुक्रबार सपथ ग्रहण गराएका छन् । मुख्य निर्वाचन अधिकृत तथा पर्वतका जिल्ला न्यायधिश मोहनराज भट्टराईले नगर प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षहरुलाई सपथ गराएको हो ।

कुशमा नगरपालिका प्रमुख रामचन्द्र जोशी सहित ५६ जना वडा सदस्यहरुलाई सपथ ग्रहण गराएको निर्वाचन कार्यलय पर्वतले जनाएको छ । सपथ ग्रहणपछि जोशीले समग्र नगरपालिकाको विकास र समृद्धिका साथै आम नगरबासीहरुलाई प्रत्यक्ष रुपमा राज्यको प्रत्याभूति दिलाउनेगरी काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
झण्डै दुई दशकपछिको अन्तरालमा ऐतिहासिक जिम्मेवारी आफुमा प्राप्त भएको बताउँदै जोशीले कुनै पक्ष र विपक्षको रुपमा भेदभाव नगरी आफ्नो कार्यकालसम्म सवै नगरवासीहरुको समृद्धिको लागि काम गर्ने प्रतिबद्धता जनाए ।
यस्तै प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद मरासिनीले जनप्रतिनिधि विहीन अवस्थामा राज्यले समस्या भोग्नु परेको र अब त्यो परिपूर्ति भएको बताउँदै जनप्रतिनिधिहरुले जनताको सेवालाई मुख्य लक्ष ठानेर काम गर्न आग्रह निर्देशन दिए । सपथ ग्रहणसंगै नगर प्रमुख र उपप्रमुखले शुक्रवार देखि नै आफ्नो पदस्थापन समेत गरेका छन् ।

 

LIVE TV