४ जेष्ठ २०७४, बिहीबार

एजेन्सी । बलिउड कलाकार रीमा लागुको निधन भएको छ । भारतिय सञ्चार माध्यामकानुसार कलाकार रिमाको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।


उनलाई छातीमा समस्या भएपछि मुम्बइस्थित अम्बानी अस्पतालमा उपचारका लागि पु¥याइएको थियो भने उनको उपचारकै क्रममा निधन पनि भएको हो । कलाकार रिमाको निधन भएको कुरा उनका आफ्नै श्रीमान् विनय वायकुलले स्थानिय पत्रकारहरुलाई जानकारी दिएका हुन् ।

रीमा लागु मराठी र हिन्दी फिल्ममा चर्चीत थिइन् साथै उनको टेलिभिजनको सञ्सारमा पनि लोकप्रिय थिईन् । उनले आशिकी, ‘मैने प्यार क्यू किया, साजन, वास्तव, हम साथ साथ हे’ हम आपके है कौन, लगायतका फिल्ममा काम गरेकी छन् ।

LIVE TV