४ जेष्ठ २०७४, बिहीबार

काठमाडौं । फिल्म ‘कमलेको बिहे’को ट्रेलर, फस्टलुक र एउटा नयाँ गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा कलाकार, प्राविधिक, निर्माण पक्ष र पत्रकारहरुको माझ फिल्मको ट्रेलर, फस्टलुक र नयाँ गीत सार्वजनिक गरिएको हो । फिल्मको रिलिज मिती भने घोषणा गरिएको छैन ।


फिल्ममा अनुप विक्रम शाही, सन्ध्या केसी, दिपक पहाडी, रेसु तामाङ, किरण लाकौल, विनोद न्यौपाने, इशान ढकालको मुख्य अभिनय रहेको छ । फिल्मको लीड अभिनेता अनुप बिक्रम शाही भने सो कार्यक्रममा अनुपस्थित थिए । फिल्मको शिर्ष रोलमा अभिनेता अनुपविक्रम शाही देखिएका छन् भने सार्वजनिक ट्रेलरमा उनको नयाँ गेटअपलाई प्रस्तुत गरिएको छ ।


फिल्मको सो कार्यक्रममा नव(नायिका सन्ध्या केसी भने उपस्थित थिइन् । उनी फिल्ममा ‘चमेली’को रोलमा देखिएकी छन् । फिल्मलाई सरिता मुभिज क्रियशनको प्रा.लि.को ब्यानरमा प्रशन्न पौड्लले निर्देशन गरेका हुन् ।

त्यस्तै फिल्ममा विदुर पाण्डेको छायांकन, सम्राट बस्नेतको एक्सन, महेश दवाडीको कथा, पटकथा तथा संवाद, दिपकमान सिंहको कोरियोग्राफी रहेको छ । फिल्ममा सरिता लामाको लगानी रहेको छ भने कार्यकारी निर्माताको रुपमा दिपक बिष्ट रहेका छन् । साथै फिल्मको सह निर्माताको रुपमा सुनिल बिष्ट र मिलन रहेका छन् ।

LIVE TV