४ जेष्ठ २०७४, बिहीबार

काठमाण्डौ । नेपाल आंशिक प्राध्यापक संघले सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न माग गरेको छ ।

उनीहरुले यसअघि भएको सम्झौता कार्यान्वयवनको मागसहित विहीवार प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका हुन् । आफ्नो बौद्धिक शोषण भएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले विरोधस्वरुप यही जेठ ५ र ६ गते हातमा कालो पट्टी बाँधेर काम गर्ने तयारी गरेका छन् ।

LIVE TV